काठमाडौंः लामो समयदेखि पदाधिकारीविहीन रहेको राष्ट्रिय महिला आयोगले नयाँ पदाधिकारी नियुक्तीसँगै पीडित पुनर्स्थापना कार्यक्रम अघि सार्ने भएको छ।
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोगका गतिविधिबारे जानकारी दिन आयोजित कार्यक्रममा आयोगकी नवनियुक्त अध्यक्ष कमला पराजुलीले केन्द्रबाट मात्रै हेर्न संभव नहुने भएकाले स्थानीय तहसम्मै आयोगको पहुँच पुर्याउने गरी तयारी गरेको जानकरी दिइन्।…