काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले ‘एमबीएल एम स्मार्ट’ एप सार्वजनिक गरेको छ । बैंकले यसअघि ओम्नी च्यानलमा आधारित मोबाइल बैंकिङ एपलाई आधुनिक प्रविधिमा परिष्कृत गर्दै मोबाइल बैंकिङ एप सार्वजनिक गरेको हो । यसअघि बैंकको मोबाइल मनी (एम थ्री) एप सञ्चालनमा थियो ।
बैंकले पछिल्लो समय सार्वजनिक गरेको ‘एमबीएल एम स्मार्ट’ एपमा नयाँ सुविधा समावेश गरिएको बताइएको छ । एपमा आफैंले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले आफै रजिस्टर गर्न सकिने, मोबाइलबाटै खाता खोल्न सकिने, कर्जाका लागि आवेदन दिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट हेर्न सकिने लगायत सुविधा छन् ।