काठमाडौँ । सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्यो। कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो। तर कार्यालयमा भने दुई जना मात्रै कर्मचारी छन्। कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एक जना मात्रै कर्मचारी कार्यरत छन्। प्राविधिक सहायकको दुई दरबन्दी रहे […]