काठमाडौंः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले बिहान ११ बजे शपथ लिने छन् ।
मन्त्रीहरुले राष्ट्रपतिबाट ...
काठमाडौं, १३ असार । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोमात्रै मन्त्रिपरिषद् पूनर्गठन गरेका थिए । सो अनुसार नेकपा (एकीकृत समाजवादी) बाट ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त भएका थिए । आज (सोमबार) राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् […]
धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेशमा नेकपा एसबाट तारा लामा तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवैले आज सपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ गराएका हुन् । नेकपा एमाले फुटेर बनेको नेकपा एसबाट एक […]
हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। अल्पमतमा परेको आफ्नो सरकारमा उनले ६ जना मन्त्री र ४ राज्यमन्त्री थपेकी हुन्। प्रदेश प्रमुख कार्यालयमा आज नवनियुक्त मन्त्रीहरुलाई सपथ गराइएको छ।
हरेक जिल्लाबाट एकएक जनालाई शाक्यले आफ्नो मन्त्रिपरिषदमा सहभागी गराएकी छिन्। आज नियुक्त भएका मन्त्रीहरुमा चितवनका विजय सुवेदी,…
काठमाडौं, १० साउन । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएलगत्तै मन्त्री श्रेष्ठले रामशाहपथस्थित् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता खोपको व्यवस्थापन गर्नु भएकोले सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
काठमाडौं, १० साउन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री श्रेष्ठलाई आज सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ खुवाएका हुन् । सपथलगत्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नागरिकलाई खोप व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको विश्वास दिलाए । सिंहदरबारमा संक्षिप्त कुरा गर्दै मन्त्री श्रेष्ठले भने,‘सरकारको पहिलो प्राथमिकता […]
प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ। उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा माओवादीका एक मन्त्री र एक राज्यमन्त्री सहभागी भएका हुन्। माओवादीबाट सरकारमा सहभागी भएका संसदीय दलका नेता भरतप्रसाद साह र रुवी कर्णले शनिबार नै सपथ लिएका छन्। साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र कर्णलाई साेही मन्त्रालयमा राज्यमन्त्रीकाे जिम्मेवारी […]
नेकपा माओवादी केन्द्रबाट दुई जनाले मन्त्री पदको शपथ लिएका छन् । माओवादी केन्द्रको प्रदेश २ संसदीय दलका नेता भरत प्रसाद साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा शपथ लिएका छन् ।...
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका उनी निकट स्रोतले जानकारी दिएको छ । थपिएका मन्त्रीहरुको सपथ बुधबार (आज) […]