हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ ।  

सम्बन्धित सामग्री

विदेशीलाई अनअराइलल भिसा खुल्यो, क्वारेन्टिन पनि बस्न नपर्ने

विदेशीहरुका लागि अनअराइलल भिसा खुलेको छ । कोरोनाका कारण रोक लगाईएको अनअराइलल भिसा खुला गरिएको हो ।संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले कोरोनाको खोप लगाएका विदेशीहरुलाई अब अनअराइभल भिसा (आगमन बिन्दुको प्रवेशाज्ञा) दिईनेछ । ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै मन्त्रालयले पहिलो लकडाउनकै बेलादेखि रोक लगाएको अनअराइभल भिसा खोलेको हो । कोभिड–१९ विरुद्धको खोप लगाएको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेक इन हुनु ७२ घन्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको र होटल बुक गरेका विदेशी नेपाल आउन पाउने छन् । यसैबीच अब विदेशबाट आएका पर्यटक क्वारिन्टनमा बस्नु नपर्ने भएको छ । यसअघि १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नैपर्ने नियम थियो । पर्यटन व्यवसायीहरुले यो नियम पुनरावलोकन गर्न माग गर्दै आएका थिए ।

कोरियाको सर्त पूरा गरेपछि नेपाली कामदार जाने बाटो खुल्यो

काठमाडौं : कोरोना भाइरस महामारीका कारण अनिश्चित बनेको दक्षिण कोरिया रोजगारी खुला हुने भएको छ। कोरिया सरकारले अगाडि सारेको सर्त पूरा गरेर कामदार पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले बताएको छ।कोरिया सरकारले नेपाली श्रमिक लैजानका लागि  सिधा उडानबाट कामदार पठाउने, कोरिया पुगेर १४ दिन क्वारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमा शुल्क कामदार स्वयंले व्यहोर्ने लगायतका सर्त अगाडि सारेको थियो। कामदारले उक्त सर्त मानेसँगै प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।नेपाल सरकार र कोरिया सरकारबीच

कुवेतद्वारा नेपालबाट हुने उडानमा प्रतिबन्ध, थाइल्याण्डद्वारा पनि रोक

नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै कुवेतले नेपालबाट हुने यात्रुवाहक हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ । कुवेतको उड्डयन प्राधिकरण (ओडीजीसीए) ले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो । कुवेतले कार्गो उडानहरुलाई भने सञ्चालनको अनुमति दिने कुवेतको राष्ट्रिय सञ्चारमाध्यम कुनालाई उद्धृत गर्दै समाचारमा उल्ल्ेख गरिएको छ ।चार देशका नागरिकले कुवेतमा प्रवेश गर्न चाहे तेस्रो मुलुकमा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । कुनका अन

कुम्भ मेलाबाट फर्केकालाई दिल्लीमा १४ दिने क्वारेन्टिन अनिवार्य

भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

डोटीमा भारतबाट आएर क्वारेन्टिन नबस्नेलाई कारवाही

छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिर्वायरूपमा १४ दिन क्वारेन्टिन बस्न यहाँको जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।

कोभिड सङ्क्रमितको क्वारेन्टिनमा बस्नुपर्ने समय घट्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ। यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ।

बेलायतले क्वारेन्टिन अवधि घटाउने

बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ।

विदेशबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिन राख्न सिफारिस

७ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउनेलाई १४ दिन अनिर्वाय क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्थल तथा हवाई मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिन राख्न …