सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताको बालुवाटार छलफल सकिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भएको हो ।नेताहरुबीचको छलफलमा नयाँ सरकार गठनबारे सामान्य कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्ने