काठमाडौं, वैशाख ८ । सरकारले निर्माणाधीन काठमाडौं–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको छ। मन्त्रिपरिषद्ले वैशाख ५ गते गरेको बैठकले काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै द्रुतमार्गको म्याद २०८३ […]