काठमाडौं, ११ माघ। वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये वर्षेनी ५३ जनाभन्दा बढीको मृत्यु कार्यस्थल दुर्घटनामा हुने गरेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २००८/०९ देखि २०२१/२२ सम्मको चौध वर्षको अवधिमा ७५४ जना नेपालीको मृत्यु विदेशी भूमीमा कार्यस्थल दुर्घटनामा भएको छ। कार्यस्थल दुर्घटनामा सबैभन्दा बढी नेपालीको मृत्यु सन् २०१४/१५ मा ११३ जनाको भएको थियो।