समाजवादलाई बीपीले दुई बुँदामा परिभाषित गरेका छन् । पहिलो, समाजवाद भविष्यको लहर हो । समाजवाद तेस्रो विश्वको स्वाभाविक मित्र हो । तेस्रो विश्वका देशहरू समाजवादको मियोमा बाँधिएनन् भने या त फासिस्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिस्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर ।