जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीद्वारा जारी शुभकामना सन्देशमा चाडपर्वलाई सुरक्षित र मर्यादित रुपमा मनाउन स्थानीय प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरिएको हो ।
गलकोट (बागलुङ) । बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ ।
उक्त झिनियाँको न उत्पादन मिति छ न त उपभोग्य मिति नै । यस्तै जिल्लामा उत्पादन भइरहेको धौलागिरि भुजाले उपभोग्य मिति नै केरमेट बनाएर बजारमा ल्याएको छ । भुजाको उत्पादन मिति र उपभोग्य मिति केरमेट गरेर नयाँ मिति कायम गरेको पाइएकाले उक्त भुजालाई गोदाममा फर्काउन निर्देशन दिइएको छ ।
झिनियाँ र भुजा मात्रै होइन, कुरकुरे, लेज, बियर, कोक, फ्यान्टा, सुजी लगायतका वस्तुमा उपभोग्य वस्तुको मिति गुज्रेको पाइएको छ । यस्ता वस्तुहरू उपभोगका लागि अखाद्य मानिन्छ । बागलुङ बजारमा दशैंको मुखमा अखाद्य वस्तुको बिगबिगी नै देखिएको छ । चाडपर्वका अवसरमा अस्वाभाविक मूल्यवृद्धि र अखाद्य वस्तुको विक्री वितरण भइरहेको गुनासोपछि बजार अनुगमनलाई तीव्र गति दिने क्रममा अखाद्य वस्तु अत्यधिक पाइएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
‘व्यापारीले ज्ञान नभएर हो वा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेर हो, आफ्नो पसलमा विक्रीका लागि राखिएको सामग्रीको उपभोग्य मिति हेर्न आवश्यक छ, कतिपय खुद्रा व्यापारीहरूले मिति सकिएको सामग्री खरीद गरेर ल्याएको समेत पाइयो,’ बरालले भने, ‘बागलुङका अधिकांश किराना पसलमा मिति गुज्रेका सामग्री पाइयो, जुन अखाद्य पदार्थ हो, स्वास्थ्यका लागि व्यापारीहरूले खेलबाड गरिरहेका छन् ।’
पर्यटन तथा उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले संयुक्तरूपमा बजार अनुगमन गर्दा अखाद्य पदार्थ पाइएको हो । बागलुङको पुरानो बजारमा बढी म्याद गुज्रेका खाद्य सामग्री पाइएको छ । अनुगमनलाई राष्ट्रिय उपभोक्ता मञ्च र जिल्लाका पत्रकारहरूले साथ दिइरहेका छन् । बागलुङ बजारको भलायटोल, देउरालीचोक, कम्पुटोल, पेन्सन क्यामरोड लगायतका क्षेत्रमा बजार अनुगमन गरिसकेको छ ।
अनुगमनका क्रममा धौलागिरि भुजामा मिति सच्याएको, अर्ना बियरमा मिति गुज्रेको र रिजालको दालमोठमा मिति गुज्रेको पाइएको छ । यस्तै अनुगमनका क्रममा लेज, सुजी, बिस्कुट, चाउचाउ, मह, कुरकुरे, फ्यान्टा, कोक तथा स्प्राइटको समेत मिति गुज्रेको पाइएकाले नष्ट गरिएको छ ।
अनुगमनका क्रममा मिति गुज्रेका सामग्रीसमेत मिति कायम भएका सामग्रीसँगै राखेर विक्री गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिक सहन्साकुमार महतोले जानकारी दिए । उनका अनुसार चाडबाडको मुखमा व्यापारीलाई कारबाही नभएर सचेत गराउँदै हिँडेको र अखाद्य वस्तु नष्ट गरिएको छ ।
दशैंको मुखमा मासु तथा फलफूलको व्यापार बढी हुने भएकाले मासु र फलफूलको अनुमगनसमेत गर्न थालिएको नगर उपप्रमुख राजु खड्काले बताए । बागलुङ बजारलाई चुस्तदुरुस्त र बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि बागलुङका थोक व्यवसायी र सरोकारवालाहरूलाई सँगै राखेर छलफलसमेत गर्दै आएको नगरपालिकाले जनाएको छ ।
चाडपर्व नजिकिँदै गएको अवस्था र बजारलाई चुस्तदुरुस्त, सुरक्षित तथा मर्यादित बनाउनका लागि नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति र डिलर एसोसिएसन बीचको छलफलले उपभोग्य मिति कम रहेका सामग्री बागलुङमा नल्याउने र विक्री नगर्ने, डिलर तथा थोक व्यवसायीहरूले बजारमा म्याद सकिएका खाद्य सामग्री भए÷नभएको नियमित हेरेर त्यस्ता सामान समय–समयमा उठाउने व्यवस्था गर्ने, बिना बिल कुनै पनि सामान खरीद विक्री नगर्ने र डिलर तथा थोक व्यवसायीले आफूले सामान दिने खुद्रा विक्रेताहरूको सूची तयार गरी राख्ने गरी काम भइरहेको उपप्रमुख खड्काले बताए । रासस
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी कानुनको पालना गर्दै चाडपर्व मनाउन अनुरोध गरेको छ ।
एक सूचना प्रकाशित गर्दै प्रशासनले सार्वजनिकस्थलमा मादकपदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले आसन्न चाडपर्व मनाउन आग्रह गरेको छ ।
यस्तै, दीपावलीका अवसरमा बिजुली एवं मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न...
काठमाडौँमा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जनाएको हो ।त्यस्तै पटाका, झिरझिरे पड्काउने लगायतका आतिशबाजी नगर्न समेत प्रहरीले आग्रह गरेको छ। यदि त्यसो गरेमा मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थ सम्बन्धी कसूरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।यस्ता छन् प्रहरी परिसर काठमाण्डौले गरेको १८ अनुरोध : १. सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाडपर्व: तिहार (दीपावली), छठ र नेपाल सम्वत ११४३ लाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खवर गरौं। २. आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवम् सभ्य तवरले २१:०० बजेसम्म मात्र देउसी भैलो खेलौ। ३. आफ्नो टोलमा तास, जुवा खेल्ने ब्यक्तिहरु बारे प्रहरीलाई समयमै खवर गरौं। ४. आतिशबाजी (पटाका, झिरझिरे पड्काउने) नगरौं। ( मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थ सम्बन्धी कसूरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन सक्ने)। ५ मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔं। ६. नागबेली (Slalom, zigzag) तवरले कहिल्यै सवारी साधन नचलाऔं। ७. सार्वजनिक स्थानमा मद्यपान तथा धुम्रपान नगरौं अन्यलाई समेत निरुत्साहित गरौं। ८. नगद, वहुमूल्य सामान र गर गहनाहरु सकेसम्म लकर (Locker) मा राखौँ।। ९. विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोवार गर्ने गरौं, नगदबाट गर्नु पर्दा उच्च सावधानी अपनाऔं । १०. लागु औषध, नशालु पदार्थ सेवन, ओसार पसार, सञ्चय तथा बेचबिखन गर्ने व्यक्ति बारे प्रहरीलाई खवर गरौं। ११. छतमा चढेर यात्रा नगरौं, सडकको दायाँ, बायाँ जथाभावी पार्किङ नगरौं, ट्राफिक नियमको सधैं पालना गरौं। १२. यात्रा गर्ने क्रममा कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔं। १३. नचिनेको व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोलौं। १४. आफ्नो घर, टोल, छिमेकमा आपतकालीन साइरन र सिसिटिभि क्यामेरा जडान गरौं । १५. धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खवर गरौं। १६ . लामो समयघर बाहिर जानु परेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराऔं। १७. तिहार र छठ पर्वको लागि गाऊँ जान लागेको' लगायत उल्लेख गरी सामाजीक सञ्जालमा पोष्ट नगरौं। १८. यहाँहरु मर्यादित एवम् सभ्य तवरले ढुक्क भई चाडपर्व मनाउनुहोस प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैछ नि!
विराटनगर । विराटनगर महानगरपालिकाले तिजका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ ।
महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले शुभकामना व्यक्त गरे ।
मेयर कोइरालाले सामूहिक रूपमा चाडपर्व मनाउँदा आपसी सम्बन्ध प्रगाढ हुने बताए । उनले तिजलाई मर्यादित र अनुशासित रूपमा...
काठमाण्डाै – नजिकिँदै गरेको दशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज साेमवार सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजदेखि लागू गरेको जनाएको छ ।
‘चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गरी सहज...