सोधनान्तर स्थिति २६९ अर्ब घाटामा

२७ असार, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको सोधनान्तर स्थिति चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्म) मा २६९ अर्ब रुपैयाँ घाटामा पुगेको छ । यो आर्थिक वर्षको पहिलो वर्षबाटै उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकम कम भएको हो । यसले […]

सम्बन्धित सामग्री

व्यापार घाटाको अर्थतन्त्र

व्यापारले वस्तु तथा सेवाको माग पूर्ति गर्छ । उत्पादन वृद्धि गरी माग पूर्ति गर्न व्यापार रणनीति महìवपूर्ण छ । व्यापार अर्थतन्त्रको गतिशीलता बढाउने प्रणाली हो । माग सिर्जना गरी निर्यात बढी गर्न सकिएमा सफलता मानिन्छ भने आयात बढी भएमा अर्थतन्त्र कमजोर भएको मानिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार प्रभावकारी बनाउन होडबाजी नै भएको पाइन्छ । व्यापार घाटाले अर्थतन्त्रको परनिर्भता बढाई उत्पादन र रोजगारी सिर्जनाका अवसर कमजोर देखिन्छन् । सोधनान्तर स्थिति प्रतिकूल भई विदेशी मुद्राको माग बढाएको हुन्छ भने अर्कोतिर विदेशी मुद्रा आर्जन गर्ने क्षमता कमजोर हुँदा समस्याको सामना गर्नु पर्ने हुन्छ । आन्तरिक स्रोतसाधनको उपयोगमा आकर्षण न्यून भई अर्थतन्त्र चलायमानमा अवरोध देखिन्छ ।

यस वर्ष पनि पुरा नहुने भयो ७ प्रतिशतको आर्थिक वृद्धिदर

कमजोर आर्थिक सूचकहरूको चपेटामा गुज्रिरहेको मुलुकमा यसपटक पनि लक्षित आर्थिक वृद्धिदर हासिल नहुने करिब पक्कापक्की जस्तै भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले अधिकतम ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । तर, चालु आर्थिक वर्षको सुरुवाती चरणमै देखिएको आर्थिक विचलन, तीव्र आयातकाबीच घट्दो रेमिट्यान्स र सोधनान्तर स्थिति, चालुखाता घाटाले राम्रो सङ्केत गरेको छैन । थप बढ्दो बजार महँगीसँगै अहिले बजारमा देखिएको तरलता (लगानी योग्य पुँजी) को अभावले यस वर्ष पनि लक्षित आर्थिक वृद्धिदर