काठमाडौं : गत महिना कीर्तिपुर बस्ने रामजी आचार्यको क्रेडिट कार्डमार्फत करिब २५ हजार रुपैयाँ रकम निकालियो। आचार्यले यो कुरा बैंकले दिएको बिलबाट थाहा पाए। तर, उनले आफ्नो क्रेडिट कार्डबाट कुनै कारोबार गरेका थिएनन्। त्यसपछि श्रीमतीलाई सोधे, श्रीमतीले पनि कार्ड आफूले नचलाएको बताइन्।उनले छोरालाई सोधे। छोरालाई क्रेडिट कार्डको पिन नम्बर थाहा थियो। तर, सुरुमा छोराले पनि पैसा ननिकालेको बताए।मोबाइल चलाइरहने भएकाले आचार्यले छोरालाई फकाए। केहि दिनपछि थाहा भयो, छोरा पब्जीको लतमा रहेछन्।उक्त पब्जी खे