संविधानमा व्यवस्था भएबमोजिम अधिकांश स्थानीय तहले असार १० गते नै बजेट सार्वजनिक गरेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका बीच सार्वजनिक गरिएको बजेट कृषि र स्वास्थ्यमा केन्द्रित रहेको पाइएको छ । सबै स्थानीय तहको बजेटको आकार प्रकार हेर्दा कृषिलाई नै प्राथमिकता दिई कृषि उत्पादन बढाउन जोड दिएको पाइन्छ भने वैदेशिक रोजगारीबाट फर्केका युवालाई गाउँमै राखिरहन पनि बजेट कृषिमुखी भएको कतिपय अर्थविद्हरूको भनाइ छ । तर, स्थानीय सरका गठनपछि आएको तेस्रो बजेटमा पनि महानगर÷नगरपालिका÷गाउँपालिकामा बेथिति तथा भ्रष्टाचार बढेको प्रति स्थानीय जनतामा निरासा छ । स्थानीय तहले सार्वजनिक गरेको बजेटप्रति विभिन्न व्यक्ति एवं विज्ञसँग कारोबारकर्मीहरूले गरेको कुराकानी :