ब्राजिलको जियू–जित्सु च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी लिआन्ड्रो लोलाई साओ पाउलोको नाइट क्लबमा गोली हानिएको छ । जियू–जित्सू एक ब्राजिलियन मार्शल आर्ट र कम्ब्याट स्पोर्ट हुन् जो ग्राउन्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।३३ वर्षीय लिआन्ड्रो लोमाथि गोली प्रहार हुँदा उनी नाइट क्लबमा थिए । प्रारम्भिक जानकारी अनुसार अफ ड्युटी प्रहरी अधिकारीले उनीमाथि गोली चलाएका थिए । गोली हानेलगत्तै देखि उनी फरार छन् ।आक्रमण लगत्तै लुलाई अस्पतालमा भर्ना गरियो, जहाँ डाक्टरले उनको ब्रेन-डेड घोषणा गरेका