काठमाडौं : काभ्रे पलान्चोकको नमोबुद्ध नगरपालिकाले युवालाई रोजगारीका लागि कोरिया पठाउने तयारी गरेको छ। नगरपालिकामा रहेका युवालाई कृषि क्षेत्रमा काम गर्नका लागि कोरिया पठाउने तयारी भएको नगरपालिकाले जनाएको छ। निर्वाचनको मैदानमा रहँदा स्वदेशमा रोजगारी दिने घोषणा गरेका स्थानीय तहका प्रमुख यतिवेला रोजगारीका लागि दक्ष युवा शक्तिलाई विदेश पठाउने दौडमा रहेका छन्। कोरियाका विभिन्न नगरसँग भगिनी सम्बन्ध कायम गरी युवालाई कोरिया पठाउन लागि परेका छन्। कतिपय नगरपालिकाले रोजगारीका लागि युवा प