१२ कात्तिक, काठमाडौं । रुपन्देही–२ बाट उम्मेदवारी खारेजीमा परेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी जालझेल र षड्यन्त्रपूर्वक खारेज गरेको आरोप लगाएका छन् । रुपन्देहीमा शनिबार सत्तारुढ गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारी खारेजी नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरे । उनले सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय […]