म्याग्दी – यसवर्ष समयमै पर्याप्त वर्षा नहुँदा र गोरुमा लम्पीस्किन रोग लागेका कारण म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । वर्षा नहुनु, सिँचाइ सुविधाको अभाव र गोरुमा लम्पीस्किन रोगको प्रकोप फैलिएपछि साउनको दोस्रो हप्तासम्म म्याग्दी जिल्लाभर जम्मा ८० प्रतिशत खेतमा मात्रै धान रोपाइँ गरिएको हो ।
यसपटक समयमै किसानहरुले रोपाइँ गर्नका लागि पर्याप्त पानी नपर्नु, सिँचाइ सुविधाको उपलब्धता नहुनु, गाउँघरमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुनु र गोरुमा लम्पीस्किन रोग लागेको कारणले गर्दा रोपाइँमा ढिलाइ भए...