हिमाल खरेल, झापा झापा ११ फुटबल क्लबका देवेन्द्र तामाङ झापा गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले यामाहाको मोटरसाइकल प्राप्त गरे । बिर्तामोडस्थित डोमा लाल राजवंशी रंगशालामा सोमबार भएको झापा गोल्डकपको फाइनलमा झापा ११ लाई २–१ ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब च्याम्पियन बनेको थियो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स […]