विराटनगर : प्रदेश १ सरकारले किरात सभ्यतासँग जोडिएको सप्तकोसीस्थित खुवालुङको संरक्षण गर्ने योजना ल्याएको छ। आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले खुवालुङ किँरातीहरुको धार्मिक क्षेत्र भएकाले खुवालुङको संरक्षणको नीति बनाएको बताएका हुन्।सुनसरीको धार्मिक पर्यटकीय क्षेत्र बराहक्षेत्रमा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। पर्यटक आकर्षित गर्ने उद्देश्यले झोलुङ्गे पुल निर्माण गर्ने नीति लिएको हो।सरकारले प्रदेश १ का नाका तथा एयरपोर्टहरुमा प्रदे