काठमाडौं : प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ।दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परर्शुराम खापुङले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव गोपाल प्रसाद मैनालीले जानकारी दिए। हिजो गण्डकी र कर्णाली प्रदेशले नीति तथा कार्यक्रम ल्याएका थिए। बागमती, मधेस र सुदूरपश्चिम प्रदेशले यसअघि नै नीति तथा कार्यक्रम ल्याइसकेका छन्।प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।