स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय तह रणनीतिक सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्लाका चार नगरपालिकाको सबै मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी ५१५, म्यादी प्रहरी ७७०, सशस्त्र प्रहरी २०३ जना गरी एक हजार ४९३ सुरक्षाकर्मी परिचालन गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।उनले सुरक्षाका लागि आवश्यकताअनुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन गर्ने जानकारी दिइन् । &nb