मध्य भोटेकोशीको आईपिओमा नपरेको पैसा बिहिबारदेखि फिर्ता हुने

मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा नपरेको पैसा असोज १४ गते बिहिबारदेखि फिर्ता हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले असोज १४ गतेदेखि पैसा फिर्ता गरिने बताएको हो । आवेदनहरुको बैंक खाता मै पैसा रकमान्तर गरिने र पैसा आए नआएको यकिन गर्न पनि क्यापिटलले आग्रह गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ सोमबार बाँडफांड गरेको हो । आईपिओमा १ लाख ८ हजार ५ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १ सय ४७ जनाले आवेदन दिएका थिए । यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ हजार ९८ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गत १८० कित्तासम्मको लागि आवेदन दिने आवेदकले माग बमोजिम कै शेयर पाएका छन् । १९० देखि ४ सय कित्ता सम्म आवेदन दिने मध्ये बाट थप २ हजार ३ सय १३ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।यस हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म शेयर पाएका छन्  । आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत ९६ हजार ३ सय ८० जना आवेदकले आवेदन दिएका थिए   । जस मध्ये १५ सय १५ जनाको आवेदन रद्द भएर ९४ हजार ८ सय ६५ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको छ  । यस अन्तर्गत १० देखि ४० कित्तासम्म आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन्  । त्यस्तै ५० देखि ४ सय कित्तासम्म आवेदन दिने मध्येबाट गोलाप्रथा गरि ४० हजार ५ सय ४८ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् । कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो ।  स्थगन भएको आईपिओ बिक्रि साउन ५ गतेबाट पुन: सुचारु भएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गरेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।  कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि शेयर निष्काशन गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन हुने छ । कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ  । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ  । कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । 

सम्बन्धित सामग्री

उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?

काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् । निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृतसमक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले […]

उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् ।  निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृत समक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नुपर्नेछ ।  कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन क्षेत्रमा दलले औपचारि

नागरिकता विधेयक फिर्ता

काठमाडौँ– नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिइएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो ।  सरकारको नागरिकता विधेयक फिर्ता लिने निर्णयअनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गरेका थिए ।  उक्त प्रस्तावमाथि विरोधको सूचना […]

सरकारले यी चार विधेयक फिर्ता लिने

संसद्मा रहेका चार विधेयकलाई फिर्ता लिने प्रक्रिया सुरु भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्मा रहेका चार विधेयक फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संसद्मा सचिवालयमा चार विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी पत्र पठाएको हो।

सरकारले चार विधेयक फिर्ता लिने

संसद्मा रहेका चार विधेयकलाई फिर्ता लिने प्रक्रिया सुरु भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्मा रहेका चार विधेयक फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संसद्मा सचिवालयमा चार विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी पत्र पठाएको हो। सरकारले विधेयक फिर्ता लिने जानकारी संसद्मा पठाएपछि संसद्को सम्पत्ति बनेका विधेयक संसद्को प्रक्रियाबाटै फिर्ता हुनेछन् भने सम्पत्ति नबनेका विधेयकहरू सोझै फिर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ ।फिर्ता लिन लागि

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता भएका छन्। गएराति अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएसँगै २० वर्षे अमेरिका–तालिवान युद्ध समाप्त भएको छ। तालिवानसँग भएको सम्झौताअनुसार अमेरिकाले अगष्ट ३१ सम्म सबै सेना फिर्ता...

रावलद्वारा राजीनामा फिर्ता

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ । रावलले आज सभामुख अग्निप्रसाद सापकाेटालाई भेटेर राजीनामा फिर्ता लिनु भएको हो।संसद बैठक बस्नुअघि उहाँले राजीनामा फिर्ता लिनु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो । तर, सभामुख सापकोटाले स्वीकृत भने गर्नु भएको थिएन ।रावललाई राजीनामा फिर्ता लिन पार्टीका नेताहरुले नै आग्रह गर्दै आएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमा...

मुद्दा फिर्ता लिँंदा ‘काखापाखा’

‘विक हत्याका आरोपी देवेन्द्र यादवसहित केहीको मुद्दा फिर्ता भएको छ। मन्त्री, सांसद र मेयरसहित बाँकीको मुद्दा फिर्ता भएको छैन। गौर घटनाका आरोपी बबन सिंहको मुद्दा फिर्ता लिइएको छ,’ जसपा नेता मनीषकुमार सुमनले भने, ‘हामीले सरकारलाई झुटा मुद्दा सबै फिर्ता लिन भ...

मुद्दा फिर्ता लिँंदा ‘काखापाखा’

‘विक हत्याका आरोपी देवेन्द्र यादवसहित केहीको मुद्दा फिर्ता भएको छ। मन्त्री, सांसद र मेयरसहित बाँकीको मुद्दा फिर्ता भएको छैन। गौर घटनाका आरोपी बबन सिंहको मुद्दा फिर्ता लिइएको छ,’ जसपा नेता मनीषकुमार सुमनले भने, ‘हामीले सरकारलाई झुटा मुद्दा सबै फिर्ता लिन भ...

माओवादीलाई समर्थन फिर्ता लिन ओलीको चुनौती, 'समर्थन फिर्ता लिए राजीनामा आइहाल्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन्। उनले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चुनौती दिँदै समर्थन फिर्ता लिए राजीनामा आउने बताएका हुन्। बालुवाटारमा आयोजित १६५ निर्वाचन क्षेत्रको रणनीतिक सडकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजीनामाको कुरा गरेका हुन्। 'समर्थन फिर्ता लिइदेउ न…