बहुमत पुर्याउने दाउमा ओली, मोर्चा भत्काउने प्रयासमा विपक्षी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद‍्मा विश्वासको मत लिने तयारीमा छन्। विपक्षी मोर्चाले तत्काल अविश्वास प्रस्ताव ल्याउन नसक्ने उनको बुझाइ छ। त्यसैले पनि उनी संसद‍्मा यसलाई 'फेस' गर्न अग्रसर छन्।ओलीले पुस ५ गते संसद् भंग गरेर प्रतिगामी कदम चालेपछि प्रतिपक्षी नेपाली कांग्रेसलगायत नेकपा रहँदैका दाहाल-नेपाल खेमा र जनता समाजवादी पार्टी (जसपा) मिलेर ओलीको बहिर्गमनको अनेकन् प्रयास गरे। तर ओलीले राजीनामा दिएनन्। बरू विस्तारै उनले जसपाको एक खेमालाई आफूतिर तान्&

सम्बन्धित सामग्री

मुख्यमन्त्री जोगाउन अदालत पुगे सत्तापक्ष

झन्डै चार महिनाको रस्साकसीपछि लुम्बिनी प्रदेशमा सरकार फेरबदलको सम्भावना बढेको छ । प्रदेशसभा सदस्यलाई राजीनामा, कारबाही र दल बदल्ने खेलमा सफल देखिएको विपक्षी गठबन्धन बलियो बन्दै गएको छ । एकल बहुमत दाबी गर्दै मुख्यमन्त्री बनेका शंकर पोखरेल दुई दलको समर्थनमा पनि अल्पमतमा परेपछि पद जोगाउन अदालतको सहारा लिने प्रयासमा छन् ।

सांसद शाहीको वतव्यले गण्डकीमा नयाँ सरकार बनाउने अभियानमा धक्का

काठमाडौं । राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले कांग्रेस-माओवादी-जसपासहितको विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन्। आज एक वक्तव्यमार्फत आफू तटस्थ रहेको जानकारी दिएका छन्। बहुमत संसदको दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस-माओवादी-जसपाका नेताहरूलाई सांसद शाहीको वक्तव्यले गण्डकीमा नयाँ सरकार गठन गर्ने प्रयासमा धक्का लागेको छ।