बार्सिलोनाका समर्थकहरुले लामो समयदेखि जे डर मानेका थिए, त्यही दिन आएको छ । मेसी अब बार्सिलोनाका खेलाडी रहेनन्, आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो, जतिबेला मेसीसँग क्लबको कुनै सम्झौता बाँकी छैन । जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेसीसँगको पुरानो सम्भौता सकिनु अगावै उनीसँग नयाँ सम्झौता गर्ने योजना बनाएका थिए, तर क्लबको आर्थिक समस्याका कारण ३० जुन अगावै सम्झौता गर्ने