चौथो पटक म्याद थपका लागि सन्दीपलाई जिल्ला अदालतमा उपस्थित गराइँदै

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ । नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगलाई जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

सम्बन्धित सामग्री

सन्दीप लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत लगिदै

काठमाडौं, कात्तिक ६ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेमाथी आज चौथो पटक म्याद थप हुँदैछ । यसअघि कात्तिक २ गते तेस्रो पटक म्याद थप गर्न अदालत लगिएको थियो । २० असोजमा त्रिभुवन […]

कोरोना थप फैलिएपछि पेरुमा सङ्कटकालको म्याद थप

कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि पेरुमा सङ्कटकाल लम्ब्याइएको छ । पेरुमा कोरोना भाइरसको सङ्क्रमणको चौथो चरण सुरु भएको घोषणा गरिएको छ । सङ्कटकाल आगामी अगस्ट १ देखि २८ दिनसम्म लागू हुने उल्लेख गरिएको छ । “देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको सङ्कटकाल […]

धरहरा उद्घाटनको एक वर्षः ठेकेदार कम्पनी चौथो पटक म्याद थपको माग गर्दै

काठमाडौं, चैत १५ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको एक बितिसक्यो तर धरहरा निर्माण गरिरहेको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीले भने धरहराको लागि चौथो पटक म्याद थप गरिदिन सरोकारवाला निकायसँग प्रस्ताव पठाएको छ। पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा […]

आयोजनाको म्याद चौथोपटक थप नगर्ने पक्षमा सरकार

निर्माणाधिन तथा निर्माण हुने क्रममा रहेका तर निर्माण सुरु नगरेका आयोजनाहरुको म्याद थप नगर्ने नीति सरकारले लिएको छ । तेश्रो पटकसम्म आयोजनाको म्याद थप गरेका तर निर्माण कार्य नगरेका आयोजनाहरुको चौथोपटक म्याद थप नगर्ने नीति सरकारले लिएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आयोजनाको कार्य प्रगति हेरेर ३ पटक म्याद थप भएकाको चौथो […]

वित्तीय विवरण प्रकाशित गर्न म्याद थप

काठमाडौं, (नेस) । गत आर्थिक वर्षको चौथो वित्तीय विवरण प्रकाशित बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकले १५ दिन म्याद थप गरिदिएको छ । असार मसान्तसम्मको वित्तीय विवरण साउन १५ गतेसम्म प्रकाशित गर्नुपर्नेमा अब साउन मसान्तसम्म प्रकाशन गर्दा हुने पर्ने छ । त्रैमास सकिएको १५ दिनेभित्र राष्ट्रिय दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको […]

केन्द्रीय बैंकद्वारा चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप

साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरेको छ ।  केन्द्रीय बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशन गर्न पाउने छन् । यसअघि त्रैमास सकिएको १५ दिन अर्थात् साउन १५ गतेभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले क , ख र ग वर्गका ती कम्पनीहरुका लागि जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।

बक्यौता रकम भुक्तानी गर्न स्मार्ट टेलिकमलाई पुनः म्याद थप

साउन ४, काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम भएको उक्त कम्पनीलाई रकम भुक्तानी गर्न छ महीना म्याद थप गरेको हो ।            यसअघि असार मसान्तसम्म रकम भुक्तानी गर्न समय दिइएको उक्त कम्पनीलाई रकम भुक्तानी नगरी पुनः म्याद थप को आग्रह गरेको थियो । कम्पनीको आग्रह अनुसार आगामी पुस मसान्तसम्म रकम भुक्तानीको समय दिइएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार गत असार ३० गते नै मन्त्रालयबाट छ महीना म्याद थपको पत्र प्राधिकरणमा आएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार म्याद थप पश्चात उक्त कम्पनीले प्रत्येक महीनाको प्रगति विवरण प्राधिकरणमा बुझाउनुपर्ने छ ।             कम्पनीले बुझाएको विवरणका आधारमा प्राधिकरणले आगामी कात्तिक मसान्तभित्र स्मार्ट टेलिकमको वित्तीय अवस्थाको विश्लेषण गरी मन्त्रालयमा बुझाउनुपर्नेछ । बक्यौता रकम भुक्तानी नगरेपछि गत चैतमा प्राधिकरणले सम्पत्ति रोक्का गर्न नापी र मालपोत कार्यालयलाई पत्राचारसमेत गरेको थियो ।            उक्त कम्पनीले विभिन्न शीर्षकमा सरकारलाई बुझाउनुपर्ने रकम चार वर्षदेखि भुक्तानी गरेको छैन । स्मार्टले विभिन्न शीर्षकमा असार मसान्तसम्म सरकारलाई बुझाउनुपर्ने रकम ६ अर्ब रुपैयाँभन्दा बढी रहेको पाइएको छ । जसमा फ्रिक्वेन्सी दस्तुरबापत स्मार्टले पहिलो किस्तामा ५९ करोड ८८ लाख ६८ हजार रुपैयाँ बुझाउनुपर्ने थियो । दोस्रो किस्तामा  ८३ करोड २३ लाख रुपैया, तेस्रो किस्तामा ७७ करोड ४० लाख रुपैया, चौथो किस्तामा ७१ करोड ५६ लाख रुपैया र पाँचौं किस्तामा ६५ करोड ७२ लाख रुपैया बुझाउनुपर्ने गरी प्राधिकरणले किस्ता निर्धारण गरेको थियो ।            पाँच किस्तामा स्मार्टले सरकारलाई ३ अर्ब ५७ करोड ८१ लाख रुपैया, लाइसेन्स नवीकरण दस्तुरको आठौं किस्ताबापत १ अर्ब २५ करोड रुपैया र समग्र बक्यौतामा ब्याज जोड्दा स्मार्टले तिर्नुपर्ने कुल रकम करीब ६ अर्ब रुपैया पुगिसकेको छ ।            लामो समयदेखि रकम भुक्तानी नगरेको जनाउँदै स्मार्टलगायतका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले २०७५ सालको माघ महीनामा रकम भुक्तानीको निर्देशन दिएको थियो । विभिन्न निकायबाट पटकपटक रकम भुक्तानीको निर्देशन दिए पनि स्मार्टले रकम भुक्तानी गर्न आलटाल गर्दै आएको छ । रासस

आयोगको म्याद चारपटक थपियाे, पीडितले गर्न पाएनन् न्यायकाे अनुभूति

काठमाडौं : १० वर्षे शसस्त्र द्वन्द्वका घटनालाई निरुपण गर्ने उद्देश्यले २०७१ मा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको चौथो पटक म्याद थप गरिएको छ।बिहीबार बसेकाे मन्त्रिपरिषदको पहिलो बैठकले आयोग र पदाधिकारीहरूको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हाे। पीडितले भने कानुन संशोधनबिना आयोगको म्याद थप गर्नुको अर्थ नभएको बताउँदै आएका छन्।विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बित्यो। आयाेगका पदाधिकारीहरुले द्वन्द्व पीडितलाई न्याय दिलाउने नाममा जागिर खाए तर पीडितले भने न्यायको प्रत्याभूत

भागरथी हत्या प्रकरण : आरोपितको चौथो पटक म्याद थप

बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।  आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो ।  दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले आरोप स्वीकारी सकेका छन् । गएकाे माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको ...

बलात्कार आरोपी बाबाको चौथोपटक म्याद थप

सुनसरी । आफ्नै अनुयायी बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदाश महाराज भनिने कृष्णबहादुर गिरी लाई पुन चौथो पटक ७ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत सुनसरीका न्यायधिस मणिराम न्यौपानेको इजलासले ...