सरकारदेखि अन्तर्राष्ट्रिय सङ्घ/संस्थाहरूले युवालक्षित कार्यक्रम सञ्चालन गर्दा हालसम्म युवाको उमेरमा एकरूपता आउन सकेको छैन । नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ, युवाका क्षेत्रमा क्रियाशील राजनीतिक तथा अन्य गैरसरकारी संस्थाहरू युवाको उमेर कति हो भन्ने कुरामा एकरूपता छैन ।युवा नीतिमा १६ देखि ४० वर्षसम्म उमेर भएका नागरिकलाई युवा मानेको भए पनि विभिन्न सरकारी कार्यालयमै युवालक्षित कार्यक्रममा युवाको उमेर फरक–फरक पाइएको छ । सरकारी कार्यालयका युवालक्षित कार्यक्रममा नै नीतिमा तोकिएको उमेर समूहभन्दा म