सिमकोट – सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले सिमकोट–नेपालगञ्जको हवाई भाडादर घटाएको छ। सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका जनताको लागि एयरलाइन्सले हवाई भाडादर घटाएको हो। नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलबहादुर सुनारले आइतबारबाट लागू हुने गरी सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर घटाएको जानकारी दिए। अब सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर पाँच हजार ९१५ रुपैयाँ कायम भएको छ। […]