प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

काठमाडाैँ- आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ। आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ। आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता […]

सम्बन्धित सामग्री

साना दलका ठूला सपना, ‘कतै जिति पो हालिन्छ कि ?’ (भिडियो)

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा ठुला मुख्य राजनीतिक पार्टीहरू गठबन्धन बनाउन, सिट बाँडफाँड गर्न र आफूले जित्ने क्षेत्रको आँकलनमा व्यस्त भइरहेका छन् । यता साना राजनीतिक दलहरू पनि कतै कुनै क्षेत्रमा जित हात पार्न सकिन्छ कि भन्ने आशमा दल दर्ता तथा समानुपातिक तर्फको मनोनयन प्रक्रियामा भाग लिन कागजपत्र बोकेर निर्वाचन आयोग पुगिरहेका छन् । शुक्रबारदेखि आइतबारसम्म भइरहेको समानुपातिक तर्फको निर्वाचन प्रणालीका लागि राजनीतिक दलको मनोनयन दर्ता प्रक्रियामा धेरै साना दल पनि सहभागी भ

निर्वाचन प्रयोजनार्थ आज दल दर्ता गर्दै एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आज  दल दर्ता गर्ने भएको छ ।  मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, […]

निर्वाचन प्रयोजनार्थ एमालेले आज दल दर्ता गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आज  दल दर्ता गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको हो । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता कार्यकर्ता दिउँसो १२:३० बजे आयोग पुग्ने तयारी छ । निर्वाचन आयोगले आमनिर्