ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सन् १९४७ को गोर्खा भर्ती असमान सन्धि र विभेदविरुद्ध सर्वोच्चको आदेश नेपाल सरकारले कार्यान्वयन नगरेकाले जनप्रदर्शन गर्ने घोषणा गरेको छ । बिगेसोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो पाँच बुँदे धारणा सार्वजनिक गर्दै आन्दोलन घोषणा गरेको हो ।