राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेका कामलाई धन्यवाद दिँदै पुनःनिर्माणमा बाँकी काम सम्पन्न गर्न हस्तारन्तरण प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो । बैठकले प्राधिकरणबाट भएका काममध्ये विपद्सँग सम्बन्धित काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन …