भूकम्पपछिको पुनःनिर्माणका बाँकी कामलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुनःनिर्माणसम्बन्धी काम हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच तोकिएको काम समयमै सम्पन्न गर्नेबारे छलफल भएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले बाँकी पुनःनिर्माणका काम अगाडि बढाउने क्रममा समन्वयको […]