सल्यान : सल्यानमा अदुवाजस्तै बेसार खेतीले पनि ठाउँ लिन थालेको छ। नगदेबाली बेसारको माग बढ्दै जान थालेपछि खाद्यन्नबाली त्यागेर किसानहरू यसतर्फ आकर्षित भएका छन्। नेपालमै पहिलो पटक सिफरिस भएको एक मात्र उन्नत जातको 'कपुरकोट हलेदो' १ र 'कपुरकोट हलेदो २' जातको हलेदो र लोकल बेसार (हलेदो) को माग धेरै हुने गरेको अदुवा बेसार अनुसन्धान केन्द्र कपुरकोटका सूचना अधिकारी खेमराज शर्माले जानकारी दिए। जिल्लामा उत्पादित उन्नत जातको बिउ मागअनुसार पुर्याउन सकिएको छै