लमजुङ – मनाङकाे मर्स्याङ्दी नदी मूलधारमा बग्न थालेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गुल्म नं ३२ र स्थानीयवासीको सक्रियतामा बेलिब्रिजमा अड्किएका मुढा, काठपात हटाएसँगै मर्स्याङ्दी नदी अहिले मूलधारमा बग्न थालेको छ ।
नदी मूलधारमा बग्न थालेसँगै सम्भावित जोखिम कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।
गएको असार १ गतेदेखि आएको बाढीका कारण चामे गाउँपालिकाकाे बेलिब्रिजमा काठपात, मुढा आएर थुप्रिँदा नदी मूल प्रवाहमा बग्न न...