गठबन्धनले कांग्रेसमा फाटो बढाएकै हो त ?

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी निर्णयविरूद्ध कोशीको मुख्यमन्त्रीमा केदार कार्कीलाई अघि बढाएपछि देशको सबैभन्दा ठूलो दलमा तरंग पैदा भएको छ। कोशीमा शेखरले गरेको विद्रोहलाई बढ्न नदिन सत्ता गठबन्धन र नेपाली कांग्रेसले उनको विद्रोहलाई हतार हतार स्वीकार गर्‍यो तर पनि कोशी विद्रोहको बाछिटाले बागमतीलाई पनि तरंगित बनाउने प्रयास गरिरहेको छ। कोशीमा शेखरको विद्रोहले मुख्यममन्त्री बनेका कार्कीलाई कांग्रेस र गठबन्धनले स्विकारेर थुमथुमाउने प्रयास गरे पनि बागमती प्रदेश

सम्बन्धित सामग्री

कुन प्रदेशमा कस्तो सरकारको सम्भावना ?

अहिलेसम्म संघीय सरकार कस्ले बनाउने र कस्को बन्ने भन्ने स्पष्ट नभइसकेकोले प्रदेश सरकार निर्माणमा पनि अलमल देखिएको छ । केन्द्रमा सत्ता गठबन्धनले अहिलेसम्म प्राप्त गरेको सिट संख्या र समानुपातिकमा प्राप्त गरेको मतको आधारमा सत्ता गठबन्धनले सरकार बनाउने देखिन्छ । नेपाली कांग्रेसमा गगन थापा, शेखर कोइराला, शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंहले प्रधानमन्त्रीमा दाबी गरिरहे पनि अहिले कांग्रेसबाट प्रतिनिधि सभातर्फको निर्वाचित सांसदको संख्या हेर्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनसक्ने चर्चामा रहेका कुनै पनि अनुहार देखि...

राजेन्द्र राई : पहिले जिताउने गठबन्धनले अहिले हराउने डर

धनकुटामा राजेन्द्र राईको चिरपरिचित प्रतिद्वन्द्वी सुनिल थापा यसपालि राप्रपामा नभएर नेपाली कांग्रेसमा छन् । र, उनी सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर आएका छन् । राईको लागि मुख्य खतरा गठबन्धनबाटै छ ।

म्याग्दी कांग्रेसमा लफडा, दुई वामशक्तिको प्रतिस्पर्धा कडा

म्याग्दी : भोलि असोज २३ अर्थात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन। गठबन्धनतर्फबाट हिजो सिट बाँडफाँटमा प्रतिनिधिसभामा म्याग्दी नेकपा (माओवादी) को पोल्टामा परेपछि कांग्रेसमा तीव्र असन्तुष्टि उत्पन्न भएको छ।प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट यस पटक पनि नेकपा एमाले र नेकपा – माओवादी दुई वामशक्तिका बीचमा नै प्रतिष्पर्धा हुने भएको छ।आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि शुक्रबार राति अबेरमात्र सत्ता गठबन्धनले

स्याङ्जामा गठबन्धनका कारण कांग्रेसमा भाड-भैलो

स्याङ्जा । स्याङ्जामा गठबन्धनका कारण नेपाली कांग्रेसमा भाड भैलो भएको छ । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा राम्रो पकड कायम राख्न सफल कांग्रेसलाई प्रदेश र संघको गठबन्धनले भने नराम्रोसँग प्रभावित गरेको हाे । जिल्लाको पहिलो मत प्राप्त गरेकाे कांग्रेसलाई नेकपा माओवादीको हैसियत भन्दा बढीको मागले तनाव दिएको नेपाली कांग्रेस स्याङ्जाले आरोप […]

शक्तिशाली भएको दम्भ नराख्नुस् : माधव नेपालले गरे कांग्रेसलाई आग्रह

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन्। उनले सत्तारुढ गठबन्धनले आइतबार पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेससँग यस्तो आग्रह गरेका हुन्।उनले दम्भकै कारण नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीको विनाश भएको भन्दै दम्भ राखेमा कांग्रेसको पनि विनाश हुने निश्चितप्रायः भएको बताए। ‘कहिलेकाहीँ कांग्रेसमा दम्भ देखिन्छ- हामी धेरै शक्तिशाली छौँ। दम

जनकपुरधाम कांग्रेसको चेतावनी : निर्णय परिवर्तन नगरे कठोर कदम चाल्छौं

८ वैशाख, जनकपुरधाम । सत्तारुढ गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) लाई मेयरको उम्मेदवार दिने निर्णय गरेपछि जनकपुरधाम नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । गठबन्धनको यो निर्णय आए लगत्तै जनकपुरधामका कांग्रेसीले पार्टीको निर्णय नमान्ने बताइसकेका छन् । यो निर्णयविरुद्ध कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दै पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी पनि गरेका छन् । कांग्रेसका नगर सभापति मनोज […]

वीरगञ्ज जसपालाई दिनु हुँदैन भन्ने कांग्रेस नेतालाई देउवाले भने – ‘हेर्छु’

७ वैशाख, वीरगञ्ज । सत्ता गठबन्धनले महानगर भाग लगाउने क्रममा वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई दिएपछि कांग्रेसमा असन्तुष्टी बढेको छ । कांग्रेसले वीरगञ्ज छाड्न नहुने, मित्रवत प्रतिस्पर्धामा जानुपर्ने अडानमा नेताहरु देखिएका छन् । सोही अडान अनुरुप पर्साबाट कांग्रेस नेताहरुको एक टोलीले काठमाडौं गएर पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । भेटका क्रममा […]

गठबन्धनले कांग्रेसमा खटपट : केन्द्रमा निर्णय एउटा, जिल्लामा विद्रोह !

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई लाने सहमति भएको छ। गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसमा भने गठबन्धनको विषयलाई लिएर विवाद बढ्दो छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रमा सहमति बने पनि तल्लो तहमा लागू गर्न समस्या परेपछि कांग्रेसमा विवाद बढेकाे हाे।कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापन पक्ष गठबन्धनको पक्षमा उभिए पनि पार्टीभित्रबाट

कांग्रेसमा मन्त्री बन्न लालयित अनुहार

काठमाडौं, साउन ४ । पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन। तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त […]

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं : लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर कांग्रेसमा स्वागत गरे।उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ। उनलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोषणा गरे। पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए।उनले जेठ ६ गते हुने र