काठमाडौँ। स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले आपत्ति जनाएका छन्।
निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७८ को २६ औं बुँदामा जनप्रतिनिधिहरू उम्मेदवार हुने हो भने मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्ने उल्लेख छ।