भदौ १०, विराटनगर । प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।
बिहीवार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।
वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
यस्तै मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् ।