काठमाडौं : सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि ‘समयमै भर्ना,समयमै ज्ञान :गुणस्तरीय शिक्षा,सबैको अभियान’ नारा सार्वजनिक गरेको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८० को भर्ना अभियानलाई सफल पार्न नारा ल्याएको हो। विकास केन्द्रले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना आगामी वैशाख महिनामै सञ्चालन गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तह,शिक्षा विकास तथा समन्वय इकाई र विद्यालयहरूलाई निर्देशन दिएको छ।यस्तै,विकास केन्द्रले स्थानीय स्तरमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ