गोलबजार (सिराहा), ३० साउन । राष्ट्रिय गौरवका आयोजनामध्येको हुलाकी राजमार्गमा कालोपत्र भएको सिरहा–सप्तरी सडकखण्डमै निर्माण सामग्री अलपत्र हुँदा सहजरुपमा सवारी सधन गुड्न नसकेर यात्रा जोखिमपूर्ण हुँदै आएको छ । पूर्व–पश्चिम हुलाकी राजमार्गको सिरहा र सप्तरी खण्डमा अधिकांश पुल निर्माण अलपत्र अवस्थामा रहेकाले यात्रुहरुले जोखिमी मोल्दै यात्रा गर्न बाध्य भएका हुन् । निर्माण गर्ने ठेक्का पाएका […]