पुष्पलाल राजमार्गमा सडकको सीमा अझै निर्धारण हुन सकेन

काठमाडौं । राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी राजमार्ग) सम्पन्न गर्नुपर्ने अवधि २ वर्ष मात्रै बाँकी हुँदा अझै सीमा निर्धारण हुन सकेको छैन । सामान्यतया राष्ट्रिय राजमार्ग भन्नाले चौडाइ २५/२५ मीटर बुझिए पनि यहाँको आवश्यकता र उपलब्धताका आधारमा राजमार्गको सीमा निर्धारण हुनुपर्नेमा त्यो हुन नसकेको हो । दुई लेन निर्माण गर्न पनि राजमार्गका लागि आवश्यक जग्गा उपलब्ध हुन नसकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जानकारी दिएको छ । राजमार्गकै रेखाङ्कनमा पर्ने वैदेशिक सहायताको सडकमा मुआब्जा वितरण गरिएको भए पनि आयोजनाले निर्माण गर्दा मुआब्जा दिन नसकिएको प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । एकै ठाउँमा पनि कुनै जग्गामा कुनैमा मुआब्जा दिने र कतै नदिइने गर्दा समस्या रहेको उनले बताए । उनले भने, ‘जग्गा अधिग्रहण गर्न नसकिएकाले पनि समस्या आइरहेको छ ।’ केही ठाउँमा सडकको रेखाङ्कन बजारबाट लैजानुपर्दा घर भत्काएर जग्गा उपलब्ध गराउन समस्या भएको छ । लमजुङको सुन्दर बजार, भोर्लेटार रामबजार र कास्कीको भैंसे–बाझपाटन–याम्दी पुल सडकखण्डमा यो समस्या रहेको छ । जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरी ठेक्का गर्न नपाउने कानूनी प्रावधान छ । संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकारका कारण विभागले व्यक्तिको जग्गामा उसले नचाहँदा सडक निर्माण गर्न नसक्ने उनले बताए । व्यक्तिगत सम्पत्ति भएका ठाउँमा जग्गा प्राप्त गरेर ठेक्काको काम गर्न कठिन छ । निर्माण गर्नुपर्ने स्थानमा मात्रै होइन, निर्माण भइसकेका सडकमा समेत जग्गाको विवाद समाधान नभएको आयोजनाले जानकारी दिएको छ । अहिले सडक सञ्चालन भएका कतिपय जग्गा अझै पनि व्यक्तिका नाममा हुनु पनि समस्याका रूपमा रहेको प्रमुख अर्यालले बताए । उनका अनुसार सरकारले कानून नै बनाएर गाडी गुडिरहेको सडकलाई आफ्नो नाममा ल्याउनुपर्ने देखिएको छ । यो समस्या अरू आयोजनामा समेत रहेकाले रणनीतिक सडकको सीमा निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने उनले बताए । उनले भने, ‘राष्ट्रिय गौरवको योजनामा सडकको रेखाङ्कन र सडक सीमा यकिन भइसकेपछि जग्गाको लगत कट्टा सरल र छिटो तरीकाले हुनुपर्छ ।’ एकातिर सरकारले भइरहेका सडक चौडा बनाउने योजना बनाइरेको छ भने अर्कातिर स्थानीय बासिन्दाले सञ्चालनमा रहेका राजमार्गको समेत चौडा कम गर्नुपर्ने माग गरिरहेका छन् । मदन भण्डारी राजमार्ग, बीपी राजमार्गलगायत राजमार्गमा सडकको सीमा कम गर्नुपर्ने आवाज उठ्ने गरेको छ । सडक सीमा निर्धारण नहुँदाको धेरै आयोजनासमेत रहेको हुँदा सबै रणनीतिक सडकको सीमा निर्धारण गरी राजपत्रमा सूचना प्रकाशनका लागि आवश्यक पहल गरिनुपर्ने प्रमुख अर्यालले बताए । आयोजनामा असोज मसान्तसम्ममा भौतिक प्रगति ५८ दशमलव ३५ प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ८५ प्रतिशत छ । आयोजनामा यस वर्ष विनियोजित बजेटमध्ये छ दशमलव २८ प्रतिशत खर्च भएको छ । असोज मसान्तसम्ममा नै यो वर्षको लक्ष्यअनुसार ८ दशमलव ४३ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ । राजमार्गमा जम्मा १३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ९० पुल सम्पन्न भइसकेका छन् । हाल २० पुल निर्माणाधीन रहेको र २७ वटाको ठेक्का व्यवस्थापन बाँकी रहेको छ । चालू आवमा भैंसे, छिप्पे, सिती र रूडी खोलामा पुलका लागि ठेक्का व्यवस्थापनका क्रममा रहेको छ । राजमार्गमा आयोजनाबाट ६६५ किमी र अरू आयोजनाबाट ४६२ किमी गरी जम्मा १ हजार १२७ किमी सडक कालोपत्र सम्पन्न भएको छ । त्यस्तै ५१६ किमी कालोपत्र सडक र २८ किमी ग्राभेल सडक निर्माणाधीन रहेको छ । हाल २३६ किमी सडक स्तरोन्नति (कालोपत्र) गर्न ठेक्का व्यवस्थापन हुन बाँकी रहकेको बताइएको छ ।  रासस

सम्बन्धित सामग्री

सुन्तलाको मूल्य निर्धारण

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ। मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन्। बेनी–४ का वडा सदस्य सन्दिप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँ कायम गरिएको छ। यसअघि यहाँ गत मङ्सिरमा […]

लमजुङमा देउसीभैलो खेल्न समय निर्धारण

लमजुङ प्रशासनले तिहारका बेला खेलिने देउसीभैलाका लागि समय निर्धारण गरेको छ । नजिकिदो निर्वाचन र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दीपावलीका अवसरमा खेलिने देउसीभैलोका लागि समय सिमा निर्धारण गरेको हो ।जिल्लास्थित सुरक्षा समितिको बैठकले तिहारका बेला हुने देउसीभैलोका लागि विहान सात वजेदेखि बेलुका आठ बजेसम्म समय निर्धारण गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । […]

दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण

गुल्मी – गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ । सवारी व्यवस्थापन जिल्ला समिति गुल्मीको आज बसेको बैठकबाट न्यूनतम समय निर्धारण गरिएको हो । चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । सुरक्षा […]

दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण

गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ । सवारी व्यवस्थापन जिल्ला समिति गुल्मीको आज बसेको बैठकबाट न्यूनतम समय निर्धारण गरिएको हो । चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी र पत्रकारको सहभागितामा भएको बैठकले साना र ठूला सवारीसाधनलाई छुट्टाछुट्टै समय निर्धारण गरेको छ । तम्घा

गहुँको समर्थन मूल्य निर्धारण

काठमाडौँ – सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार सरकारले ०७९/८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो। सरकारले ०७८/७९ का लागि समर्थन […]

काजकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण

मस्को । काजकिस्तानमा बिहीबार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो । अहिले निर्धारण गरिएको पेट्रोलियम पदार्थको मूल्य कम्तीमा छ महिना वृद्धि नहुने पनि अधिकारीले जानकारी दिएका छन् । यही वर्षको पहिलो दिनदेखि लागु हुने गरी मूल्य […]

लमजुङमा नयाँ दररेट निर्धारण

सार्वजनिक खरिद नियमावली बमोजिम लमजुङमा नयाँ दररेट कायम भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि जिल्लामा कामदारको ज्याला, ढुवानी, निर्माण सामग्री र मेसिन तथा उपकरणको भाडालगायतका विषयमा नयाँ दररेट कायम गरेको हो । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले नयाँ दररेट निर्धारण गरेको हो । बैठकले विषयगत कार्यालयहरुको […]

रासायनिक मलको कोटा निर्धारण

कञ्चनपुर। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डीएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ। कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने तीन सय मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो। कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय प्रबन्धक बलबहादुर शाहले बताए।

रासायनिक मलको कोटा निर्धारण

कञ्चनपुर। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डीएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ। कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने तीन सय मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो। कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय प्रबन्धक बलबहादुर शाहले बताए।

रासायनिक मलको कोटा निर्धारण

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो ।कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय प्रबन्धक बलबहादुर शाहले बताए । कार्यालयले जारी गरेको सूचनाअनुसार भीमदत्त नगरपालिकालाई निर्धारित कोटाअनुसार ५९४ बोरा (२९ द