शिवम् सिमेन्टको ग्राहक अन्तरक्रिया कार्यक्रम सम्पन्न

शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकसँग ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।...

सम्बन्धित सामग्री

चरिकोटमा ग्राहकसँग शिवम् सिमेन्टको अन्तरक्रिया

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा ‘ग्राहक अन्तरक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । निर्माण सम्बन्धी विभिन्न निकायका प्रतिनिधिहरु उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरु सहभागी भएका थिए । कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरुले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनु पर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय […]

शिवम् सिमेन्टको प्राविधिक परामर्श

काठमाडौं (अस) । शिवम् सिमेन्टले देशका विभिन्न स्थानमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिइनुका साथै सहभागी निर्माणकर्मीका लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको थियो । निर्माण कार्यमा खटिने निर्माणकर्मीले हरेक दिन जोखिमपूर्ण काम गर्ने हुँदा सोही जोखिमलाई लक्षित गरी कम्पनीले तिनका  लागि निःशुक दुर्घटना बीमा योजना ल्याएको हो । पहिलो चरणअन्तर्गत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरीलगायत विभिन्न १६ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तरक्रिया गरी तिनको जोखिम बीमा गराइसकेको कम्पनीले बताएको छ । छलफलमा सहभागी दक्ष प्राविधिकले सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्या समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा शिवम् सिमेन्टका वितरक, उद्योगी, व्यवसायीलगायत उपस्थित थिए ।