शिवम् सिमेन्टको प्राविधिक परामर्श

काठमाडौं (अस) । शिवम् सिमेन्टले देशका विभिन्न स्थानमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिइनुका साथै सहभागी निर्माणकर्मीका लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको थियो । निर्माण कार्यमा खटिने निर्माणकर्मीले हरेक दिन जोखिमपूर्ण काम गर्ने हुँदा सोही जोखिमलाई लक्षित गरी कम्पनीले तिनका  लागि निःशुक दुर्घटना बीमा योजना ल्याएको हो । पहिलो चरणअन्तर्गत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरीलगायत विभिन्न १६ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तरक्रिया गरी तिनको जोखिम बीमा गराइसकेको कम्पनीले बताएको छ । छलफलमा सहभागी दक्ष प्राविधिकले सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्या समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा शिवम् सिमेन्टका वितरक, उद्योगी, व्यवसायीलगायत उपस्थित थिए ।  

सम्बन्धित सामग्री

निर्माणकर्मीलाई शिवम् सिमेन्टको प्राविधिक परामर्श

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मी प्राविधिकहरुलाई भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माण कर्मीहरुलाई भवन निर्माण सम्बन्धी प्रविधिक परामर्श दिइएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी निर्माणकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही […]