सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन्। गृह मन्त्रालयले आचरण र अनुशासनसम्बन्धी व्यवस्था बारम्बार उल्लंघन गरेको ठहर गर्दै दाहाललाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी कुरा बारम्बार उल्लंघन […]