वालिङ नगर प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी

स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरेका हुन् । कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम प्रतिद्वन्द्वी दिलीप प्रतापले ११ हजार ५९६ मत पाए ।यस्तै उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी हुन् । तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गरे । थापा २०

सम्बन्धित सामग्री

आवश्यकताका आधारमा योजना

गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको तेस्रो ठुलो व्यापारिक क्षेत्र हो  । विभिन्न आठ गाविस गाभिएर गल्याङ नगरपालिका बनेको हो । पालिकाको बिच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ भने पोखरा र लुम्बिनीलाई जोड्ने सिद्धार्थ राजमार्ग मध्यभागबाट गएको छ । नगरपालिकाको पूर्वमा चापाकोट र वालिङ नगरपालिका, पश्चिममा कालीगण्डकी गाउँपालिका र गुल्मी जिल्ला, उत्तरमा पर्वत र दक्षिणमा पाल्पा जिल्ला पर्दछन्  । कुल ११ वटा वडा रहेको यस पालिकाको क्षेत्रफल १२२.७१ वर्ग किमी छ । २०७८ सालको जनगणना अनुसार पालिकाको जनसङ्ख्या ३६ हजार ९६७ रहेको छ । लामो समय विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गुरुप्रसाद भट्टराई २०७९ सालको स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुखमा विजयी हुनुभयो । नगरका विभिन्न गतिविधिका बारेमा केन्द्रित रही प्रमुख भट्टराईसँग गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी  :

स्याङ्जाको जिससमा गोलाप्रथा, प्रमुखमा कांग्रेस

२९ जेठ, वालिङ । स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोला प्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्व चयन गरेका हुन् । एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११/११ जना निर्वाचित भएपछि प्रमुखसहित चार सदस्य र उपप्रमुखसहित पाँच सदस्य रहने गरी गोलाप्रथा गरिएकामा प्रमुखसहित चार सदस्य […]

चापाकोट नगरपालिकामा कांग्रेस विजयी

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी भएका छन् । उनले सात हजार ४९० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याए । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भए । […]

वालिङ नगरप्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीप प्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरेका हुन् । कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम प्रतिद्वन्द्वी दिलीप प्रतापले ११ हजार ५९६ […]

वालिङ प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट कृष्ण खाँण १३ हजार ७७६ मतका साथ विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  निकटतम प्रतिस्पर्धी कांग्रेसका दिलिप प्रताप खाँण ११ हजार ५९३ मत प्राप्त गर्दै पराजय भोगेका छन् । उपप्रमुखतर्फ कांग्रेसबाट कविता तिवारी विजयी भइन् ।  उनले...

स्याङ्जाको भीरकोटमा नेपाली कांग्रेसका कर्माचार्य निर्वाचित

वालिङ । स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित भएका छन् । उनले ६ हजार ५०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत प्राप्त गरे । उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल ७ हजार १९७ मतसहित निर्वाचित भइन् । उनकी निकटतम प्रतिस्पर्धी सरस्वती […]

स्याङ्जाका पाँच पालिका प्रमुखमा दोहोर्याएर मनोनयन

स्याङ्जा । आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका एघार पालिकामध्ये पाँच पालिकाको प्रमुख÷अध्यक्षमा पाँच पुरानै अनुहारले मनोनयन दर्ता गरेका छन् । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका वालिङ, पुतलीबजार नगरपालिका तथा फेदीखोला, कालीगण्डकी, हरिनास गाउँपालिकाको प्रमुखमा पुरानै उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।