संविधानविद् डा. भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नरहेको प्रस्ट पारेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ९जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेपछि संविधानविद् आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन,’ उनले ट्वीट गर्दै