प्रधानमन्त्री पदमा नियुक्त हुने वैधानिक अपेक्षा राखेको थिएः प्रधानमन्त्री ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा नियुक्त हुने वैधानिक अपेक्षा आफूले राखेको बताएका छन्। उनले आज सर्वोच्च अदालतलाई लेखेको पत्रमा भनिएको छ,“मैले प्रधानमन्त्री पदमा नियुक्त हुने वैधानिक अपेक्षा पनि राखेको थिएँ।तर सम्माननीय राष्ट्रपतिबाट मेरोसमेत दाबी नपुग्ने निर्णय भएपछि संविधानको संरक्षक राष्ट्रपतिबाट भएको निर्णयको मैले सम्मान र पालना गरेँ।” प्रधानमन्त्री नियुक्ति हुन १५३ जनाको समर्थन राष्ट्रपतिलाई बुझाएको उनले उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

निवर्तमान प्रधानमन्त्री ओली आज बालकोट सर्ने

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन्। ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लागेका हुन्। २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए।  सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लागेका हुन्। ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाड

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडाैं : सर्वोच्च अदालतले फेरि संसद् ब्युँत्याइदिएपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति निवास शितलनिवास पुगेका छन्। माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन्। ओली साँझ ७ बजेतिर राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। सर्वोच्चले आज परमादेश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि साँझसम्म प्रधानमन्त्री नियुक्त गर्नु भनेको छ। यसबारे छलफल गर्न प्रधानमन्त्री ओल

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।  बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै र

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवासतर्फ लागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि ओली शीतल निवास लागेका हुन् । सर्वोच्च अदालतको आदेशपछिको अवस्थाबारे एमाले स्थायी कमिटी बैठकमा छलफल भएको थियो । सर्वोच्चले सोमवार प्रतिनिधि सभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेको थियो ।

आज ८ मन्त्री थप्दै प्रधानमन्त्री ओली, खगराज अधिकारी गृहमन्त्री

स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ।

प्रधानमन्त्री ओली पनि शीतल निवासमा

काठमाण्डाै – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि शीतल निवास पुग्नुभएकाे छ ।  झन्डै आधा घण्टा शीतल निवासमा रहनुभएका ओलीले नयाँ सरकारका लागि दाबी पेस गर्नुभयाे कि गर्नुभएन भन्नेबारे खुलिसकेको छैन । अहिले कांग्रेस र माओवादी गठबन्धनका शीर्ष नेताहरू बैठक कक्षमा राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् । कांग्रेस र माओवादी गठबन्धन सरकारको दाबी गर्दै शीतल निवास पुगेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्...

पुनः प्रधानमन्त्रीमा दाबी गर्ने तयारीमा छुः प्रधानमन्त्री ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पुनः संविधानको धारा ७६(५) अनुसारको सरकारको नेतृत्वका लागि दाबी गर्ने तयारीमा रहेको बताएका छन्। उनले आफूसँग सरकार गठनका लागि १२१ सिट रहेको भन्दै सरकार बनाउन पुग्नेगरी समर्थन आवश्यक रहेको बताए। उनले आफूले बहुमत रहेको दाबी पेस गर्न सक्ने र राष्ट्रपतिले भरपर्दो आधार लागेमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेपछि एक महिनामा विश्वासको मत लिने बताए।

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको मत गुमाएर पदमुक्त उनी बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएसँगै सर्वत्र चासो बढेको छ । तेस्रोपटक प्रधानमन्त्री नियुक्त ओलीले पद तथा गोपनीयता शपथका बेला व्यक्त गरेको ‘त्यो पर्दैन’ वाक्यमाथि सकारात्मक र […] The post प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.