काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भएका राजनीतिक आन्दोलनपछिको परिवर्तन केवल सुरुआत मात्र भएकाले यसलाई रुपान्तरणको चरणमा लानुपर्ने बताएकी छन्।मदन भण्डारी फाउन्डेशनद्वारा जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज (बिहीबार) आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पर्याप्त परिवर्तनलाई सुधार र रुपान्तरणका सम्भावना बाँकी नै रहेकाले जनताका बीचमा गएर नै ती सम्भावनाको खोजी गर्दै जानुपर्नेमा जोड दिइन्। उनले जनताको जीवनमा सम्पूर्णरूपले परिवर्तन ल्याउने ‘