म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन्। शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका हुन्। गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर विषादी बनाई सुन्तला र तरकारीमा रोगकीरा […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले चिसो बढेसँगै तराईमा हुस्सु-कुहिरो-शीतलहरको अवस्था रहन सक्ने बताएको छ । विभागले एक चेतावनी तथा परामर्श सन्देश जारी गर्दै विभागले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रमा प्रभाव पर्ने देखिएको जनाएको हो । शीतलहरबाट गरिब तथा विपन्न वर्गका नागरिकहरू बढी प्रभावित हुने गरेको विगतका तथ्यांकहरूबाट देखिएको […]
काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमा महासचिव पोखरेलले प्रमुख शक्ति राष्ट्रका राजदूत एकसाथ फिर्ता हुन लागेको विषयमा बुझाइ कमजोर हुँदा चिप्लिएका हुन् । देशकै ठूलो कम्युनिस्ट पार्टीको महासचिवको भूराजनीतिक बुझाइ र संवेदनशीलताको विषयमा दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भइराखेको छ । महासचिचव पोखरेलले फेसबुकमा लेखेका […]
खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२–८३ का लागि स्वीकृत भएको ६६ करोड बराबरको १२३ आयोजनाको ठेक्का गर्नुपर्ने जनाइएको छ । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए । उनले […]