काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश पोखेका छन्। युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले विभाजनमा भूमिका खेलेको भन्दै उनले सोमबार असन्तुष्टी व्यक्त गरेका हुन्। ओलीले भने, ‘एमाले विभाजनको लागि सरकारले संसद अन्त्य गरेर अध्यादेश ल्याउँछ। निर्वाचन आयोग त्यहीअनुसार काम गर्छ। यता सभामुख पार्टीले गरेको कारबाही रोक्छ। सेटिङ सेटिङ भन्थे यस्तो पो रहेछ!’ सभामुखले एमाले विभाजन गर्नकै लागि मतियार बनेर भूमिका खेलेका आ