प्रदेश १ सरकारले ल्याएको बजेटमा आन्तरिक स्रोतको महत्त्वाकांक्षी लक्ष्य चालु आर्थिक वर्ष पनि पूरा नहुने भएको छ । प्रदेश सरकारले अहिलेसम्ममा एउटा पूरक र पाँच वटा पूर्ण बजेट ल्याइसकेको छ । तर ती सबै बजेटमा लिइएको आन्तरिक स्रोतको लक्ष्य कहिल्यै पूरा भएन ।