नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने भएको हो । त्यस क्षेत्रका उद्योगले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् लिइरहेका छन् । एक सय ३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो हुनेछ